‘घर नम्बर २’मा आर्यन
चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा नायक आर्यन सिग्देलको प्रवेश सँगै लाइनअप बलियो बनेको छ । निर्माणपक्षले चलचित्रमा यस अघि नै खगेन्द्र लामिछाने र निश्चल बस्नेत फाइनल भएका छन् ।
चलचित्रको निर्माणपक्ष र आर्यनबिच लिखित संझौता भइसकेको छ । चलचित्रमा आर्यनको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन । तर, आफ्नो भूमिका र चलचित्रलाई लिएर आर्यन भने उत्साहित देखिएका छन् ।
आर्यनले अभिनय गरेको चलचित्र ‘पुजार सार्की’ जेठ १० गतेबाट रिलिजमा आएको थियो । यो चलचित्र बक्स अफिसमा हिट भयो । यसपछि, आर्यनको माग चलचित्र क्षेत्रमा बढेको देखिन्छ ।
दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन साउनको २५ गतेबाट सुरु हुँदैछ । निर्माणपक्षका अनुसार, अब चलचित्रका लागि मुख्य दुई नायिका फाइनल गर्न बाँकी छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको कथा बुद्धि सागरले लेखिरहेका छन् । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
