Modibeni
Numbari Sun

१० वर्षपछि अभिनयमा फर्किइन अरुणिमा

२०८१ आषाढ २३
१० वर्षपछि अभिनयमा फर्किइन अरुणिमा

अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन् । बिमलेश अधिकारीले निर्देशन गरिरहेको ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिजबाट उनी अभिनयमा फर्केकी हुन् ।

सिरिजको छायांकन अमेरिकामा नै भइरहेको छ । सन् २०१५ देखि अमेरिकामा रहेकी उनी अभिनित पछिल्लो चलचित्र ‘पिपल’ हो । सिरिजमा अधिकारी आफैले पनि प्रमुख भुमिकामा अभिनय गरेका छन् । एक समय नेपाली म्युजिक भिडियोको क्षेत्रमा वर्चश्व जमाएका अधिकारीले सयौँ म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरेका छन् । सन् २०१५ देखि अमेरिकाको मेरिल्यान्ड बस्दै आएका उनले चलचित्र ‘ब्रेकफेल’बाट चलचित्रमा डेब्यु गरेका थिए । उनले पछिल्लो पटक सन् २०१६ मा ‘जंग बहादुरको कोट’ चलचित्रमा अभिनय गरेका थिए भने म्युजिक भिडियोमा अभिनय र निर्देशन भने गरिरहेका थिए ।

सिचुएशनल कमेडी–ड्रामा विधामा बन्ने यो सिरिजको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा नै हुने निर्देशक अधिकारीले बताए । विवेक चम्लागाईंले लेखेको सिरिजमा राधाबाबु लम्साल र खेम शर्माको पनि सिरिजमा प्रमुख अभिनय रहेको छ । यही सिरिजबाट आशिष दाहाल, समारोह मैनाली र रोजिना थापाले डेब्यु गर्दैछन् । सेभेन कलर्स डिजिटलले निर्माण गर्ने सिरिजमा पशुपति बस्यालको छायांकन रहेको छ ।

Gharjwai