‘फर्की फर्की’मा अनमोलको पारिश्रमिक ५० लाख, सरकारलाई तिरे ७ लाख कर
कलाकार अनमोल केसीले चलचित्र ‘फर्की फर्की’मा काम गर्दा बुझेको पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर तिरिएकोछ । उनको नाममा आयकर तिरिएको रसिद निर्माता रोहित अधिकारीले आइतबार सार्वजनिक गरेका हुन् ।
जेठ १० गतेबाट प्रदर्शनमा आएको चलचित्रमा काम गरे बापत अनमोलले ५० लाख पारिश्रमिक बुझेको र त्यसबापतको टिडिएस ७ लाख ५० हजार सरकारलाई तिरेको रसिदमा उल्लेख छ ।
बजारमा अनमोलले एउटा चलचित्र खेल्न ७५ लाख सम्म पारिश्रमिक लिने गरेको हल्ला समेत चलेको थियो । यो सँगै उनले चलचित्र ‘फर्की फर्की’मा काम गर्दा ५० लाख पारिश्रमिक बुझेको पुष्टि भएको छ ।
अनमोलले ‘फर्की फर्की’मा काम गर्दा बुझेको पारिश्रमिकको कर तिरिए पनि उनले वर्षभरी आम्दानी गरेको कुल आयको आयकर तिरेका भने होइनन् । अनमोलले चालु आर्थिक वर्ष २०८०÷०८१ मा बिभिन्न कमर्शियलहरुमा समेत काम गरेका छन् । अनमोले बिभिन्न ब्राण्डको कमर्शियलमा काम पनि मोटो रकम लिने गरेको बताइनछ । यद्यपी पारिश्रमिक भने सार्वजनिक भएको छैन ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
