‘बाटुलो जुन’मा यस्तो देखिए अनमोल र प्रिन्सी

चलचित्र ‘बाटुलो जुन’को छायांकन सुरु भएको छ । अभिनेता तथा निर्देशक भुवन केसीको निर्देशन रहने चलचित्रको छायाँकन धादिङको नौबिसेस्थित काउलेबाट शुरु भएको हो ।
चलचित्रको छायांकन सँगै फर्स्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ । पोष्टरमा अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडा रोमान्टिक अवतारमा देखिएका छन् । ‘बाटुलो जुन’ ग्रामिण सेटिङको सुन्दर प्रेमकथामा निर्माण हुन लागेको निर्देशक केसीले बताए ।
सनराइज पिक्चर्स प्रालिको ब्यानरमा जिया केसीको लगानी रहने चलचित्रको बजेट २५ लाख रहेको बताइएको छ । बुझिए अनुसार यो चलचित्रमा काम गरे वापत अनमोलले नाफामा सेयर लिने गरि पारिश्रमिक लिएका छैनन् । चलचित्रको छायांकन तालिका ५० दिनको भएपनि पहिलो चरण सुटिङ तालिका एक हप्ताको हुने जनाइएको छ । दोस्रो चरणको छायांकन भने भदौबाट पोखरा, रुकुम लगायतका पश्चिम नेपालका पहाडी जिल्लामा हुने जानकारी निर्देशक केसीले दिए ।
Latest Updates
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
-
-
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal