‘जारी २’को गीत ‘अम्लारी फूल’ सार्वजनिक

२०८२ भाद्र १८
‘जारी २’को गीत ‘अम्लारी फूल’ सार्वजनिक

असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’को पहिलो गीत ‘अम्लारी फूल’ सार्वजनिक गरिएको छ । अभिज्ञा घिमिरे र विकास लिम्बूको स्वरमा रहेको गीतमा सुशान्त गौतमको संगीत तथा सुष्मा सिग्देलको शब्द छ ।

चलचित्रको मुख्य भुमिकामा दयाहाङ राई, विजय बराल र मिरुना मगरको अभिनय रहेको छ । गीतको भिडियोमा दया र मिरुना बिचको प्रेम र सम्बन्धमा देखिने तिक्तता देख्न सकिन्छ ।

कवि उपेन्द्र सुब्बाको  लेखन तथा निर्देशन रहेको चलचित्रमा ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बुलगायतको अभिनय छ । चलचित्रका निर्मातामा रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ छन् ।

चलचित्रमा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन र कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर छ ।