बक्स अफिसमा ‘ए मेरो हजुर ४’ को दबदबा
बिदेशी चलचित्रको दबाबका बिच चलचित्र ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ । पहिलो ३ दिनको ब्यवसायिक कलेक्सनलाई हेर्दा चलचित्र बक्स अफिसमा सफल देखिएको छ ।
नयाँ वर्षको दिन विहानी बाहेकका अन्य सबै शोहरु हाउस फुल भएका थिए । वितरक गोबिन्द शाहीका अनुसार राजधानीका केही हलहरुको रिपोर्टलाई छोडेर सो दिन ८० लाख बढीको ग्रसकलेक्सन भएको छ । उनका अनुसार चलचित्रले राजधानीमा ४३ लाख बढीको ब्यापार गरेको छ भने राजधानी बाहिर ३६ लाख भन्दा बढीको ब्यापार गरेको छ ।
त्यसो त शुक्रबार पनि चलचित्रको ब्यापार उत्कृष्ट रहेको निर्माण टिमले जनाएको छ । पहिलो दिनको तुलनामा केही कम देखि पनि चलचित्रको ब्यापार राम्रो भएको बताइन्छ । त्यसो त चलचित्रले शनिबार बक्स अफिसमा फेरी उछाल मच्चाएको छ । शनिबार देशभरका हलहरुमा चलचित्रले ९५ प्रतिशत भन्दा बढीको ब्यापार गरेको बितरकले जनाएका छन् । शनिबारको ब्यापारको रिपोर्ट प्राप्त भइनसके पनि एक करोड हाराहारीमा चलचित्रको ब्यापार भएको बताइएको छ ।
चलचित्रको बर्ड अफ माउथ पब्लिसिटी स्ट्रोङ देखिएको छ । पहिलो हाफ भन्दा दोस्रो हाललाई धेरैले रुचाएका छन् । चलचित्रको क्लाइमेक्स सप्राइज भएको बताइएको छ । धेरै दर्शकहरु चलचित्रले मन छोएको भन्दै हलबाट रुदै निस्कीएका छन् । अनमोल केसी र सुहाना थापाले अभिनयमा प्रसंसा बटुलेका छन् ।
झरना थापा निर्देशित चलचित्रको माउथ पब्लिसिटीका कारण यो चलचित्रले आगामी दिनमा पनि राम्रो ब्यापार गर्ने अनुमान गरिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
