‘फिरफिरे फिरिरी’को गीत ‘अलमल जिन्दगी’ सार्वजनिक
हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’को नयाँ गीत सार्वजनिक गरिएको छ । माघ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको स्याड भर्सनको गीत रिलिज गरिएको हो । सार्वजनिक ‘अलमल जिन्दगी’ बोलको गीतमा प्रशान्त शिवाकोटीको स्वर, शब्द तथा संगीत रहेको छ । गीतमा रिजोल पोखरेलको संगीत संयोजन रहेको छ । प्रशान्त शिवाकोटीको स्वर संगीतमा रहेको ‘पूर्ण बहादुरको सारंगी’का गीतहरुले दर्शक श्रोताको मन जित्न सफल बन्यो ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको चलचित्र मनोजकुमार अधिकारीले निर्माण गरेका हुन् । नितिश पुन सह निर्माता रहेका छन् । अधिकारीले यस अघि चलचित्र ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माणसँगै अभिनय पनि गरेका थिए । पछिल्लो समय संसारभर हरर कमेडी चलचित्रले राम्रो दर्शकको साथ पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को निर्माण गरेका हुन् ।
चलचित्रमा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । चलचित्रलाई नविन भट्टले निर्देशन गरेका छन् । उनको यो निर्देशनमा डेब्यु चलचित्र हो ।
चलचित्रमा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा जितु तामाङको छायांकन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
