‘एक्टर’को टिजर सार्वजनिक, प्रदिपलाई सुपरस्टारको ट्याग
कलाकार प्रदिप खड्कालाई सुपरस्टारको ट्याग दिदै चलचित्र ‘एक्टरः टेक वन’ को टिजर सार्वजनिक गरिएको छ । खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको टिजरमा अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदिपसँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ, साथसाथै सम्बन्धको केही तनावपूर्ण स्थितिहरूलाई पनि चित्रण गरिएको छ । टिजरमा राजबल्लभ कोइरालालाई पनि प्रस्तुत गरिएको छ ।
राजन भुसालले निर्देशन गरेको चलचित्रमा प्रदिप, आना र दिव्या र राजबल्लभका अलवा दिव्य देव, उषा रजक र सुशील सिटौलाको प्रमुख भूमिका छ । अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता थमन कुमार भण्डारी हुन् । अनिश भुसाल सह–निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन् ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीको संगीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी र अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
