चलचित्र ‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक
आगामी कार्तिक १५ (लक्ष्मी पूजा)का दिन रिलिज हुने चलचित्र ‘एक्टरः टेक वन’का पोस्टरहरू सार्वजनिक गरिएको छ ।
पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुपरस्टार प्रदिप खड्का, अभिनेत्री आना शर्मा, र दिव्या रायमाझीलाई प्रस्तुत गरिएको छ। पोस्टरले चलचित्रमा त्रिकोणात्मक प्रेमकथाको संकेत गरेको छ ।
राजन भुसालले निर्देशन गरेको चलचित्रमा प्रदिप, आना र दिव्याका साथ राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक र सुशील सिटौलालगायतको प्रमुख अभिनय छ । ‘एक्टरः टेक वन’ अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति मा तयार भएको हो भने निर्माता थमन कुमार भण्डारी हुन् । अनिश भुसाल सह–निर्माता र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले संयुक्त रूपमा लेखेका हुन् ।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीको संगीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी र अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
