चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक
आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रको ट्रेलर हेर्दा राजनितिले देश र समाजमा पाएको प्रभावलाई देखाउने प्रयास गरेको बुझ्न सकिन्छ । कार्यक्रममा नेकपा एसका नेता एवंम् पूर्व पर्यटन तथा संस्कृती मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । उनले पछिल्लो समय नेपालमा चलिरहेको राजनितिक अस्थिरतालाई चलचित्रले उठान गरेकाले आफ्नो मन छोएको बताए । नेपालमा यस्तो बिषय वस्तुमा अझै धेरै चलचित्र निर्माण हुन जरुरी रहेको उनको भनाई छ ।
सार्वजनिक ट्रेलरमा प्राय सवै कलाकारलाई स्थान दिएको छ । चलचित्रका केही संवादले दर्शकको ध्यान खिच्न सक्ने देखिन्छ । चलचित्रका यसअघि सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो साथ पाएकाले पनि ट्रेलरले अझै धेरै दर्शकलाई हलसम्म तान्ने विश्वास निर्देशक कृषा चौलागाईको छ ।
पूर्वी नेपालमा रमणीय स्थानमा खिएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पाश्र्व संगीत, मुकेश शाहको साउण्ड डिजाइन र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
