‘अग्निदहन’को पोष्टर सार्वजनिक, मंसिर ७ गते रिलिज हुने
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘अग्नीदहन’को पोष्टर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पोष्टर सार्वजनिक गरेका हुन् । चलचित्र आगामी मंसिर ७ गते रिलिज हुँदैछ ।
कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध चलचित्र निर्माण हुनु सराहनीय कार्य भएको बताए । यस्तै निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई चलचित्रमा उठान गरिएको जनाए । ‘चलचित्रमा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट चलचित्रमा उतारेका छौं । चलचित्रमा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ।
चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले चलचित्रलाई तराईका जिल्लामा प्रदर्शन गराउनका लागि मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको बताए ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले चलचित्र निर्माण गरेको हो ।चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।
चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन र दीर्घ खड्काको सम्पादन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
