निर्देशक चौधरीले देखेको दुई घटनाबाट जन्मियो ‘अगस्त्य’को कथा
निर्देशक सौरभ चौधरीले चलचित्र ‘अगस्त्य च्याप्टर १’मा आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताएका छन् । राजधानीमा पत्रकारहरुसँगको साक्षात्कारमा उनले यस्तो बताएका हुन् ।
चलचित्रका लेखक समेत रहेका निर्देशक चौधरीका अनुसार ती घटना लकडाउन अघिको र लकडाउनको समयमा उनले देखेका थिए । उनले ती घट्नाबारे स्पष्ट केही नखुलाए पनि दर्शकहरुले मन पराउने विश्वास राख्दै भने – ‘ती दुई घटनालाई मर्ज गरेर स्क्रिप्टको कन्सेप्ट आएको थियो । यो चलचित्र दर्शकका लागि सिनेमाटिक छ, उहाँहरुले अहिलेसम्म समाजमा नभनिएका कथा हाम्रो चलचित्रमा पाउनुहुनेछ ।’ उनले अघि थपे – ‘यो चलचित्र हेरिसकेपछि जोकोहीले पनि आफ्नो जीवनसँग जोड्न सक्छन् ।’
सौरभले आफूले अलिक फरक किसिमको कथामा काम गर्न चाहेको बताउँदै त्यो चाहना ‘अगस्त्य च्याप्टर १’ले पुरा गरेको दाबी गरे । ‘आजको दिनसम्म नेपाली दर्शकले राम्रो चलचित्र हेरिदिनुभएको छ । उहाँहरुले हाम्रो चलचित्रलाई पनि न्याय दिनुहुनेछ भन्नेमा म ढुक्क छु । अर्को कुरा हामीले स्क्रिप्टको माग अनुसार नै यसको दोस्रो भाग निर्माणको तयारी गरिरहेका छौं’, उनले भने । उनले चलचित्रको ट्रेलर र टिजर हेर्दा मधेसको कथा जस्तो देखिए पनि त्यो मधेसको कथा नभई समग्र देशको कथा रहेको बताए ।
आगामी फागुन १८ गतेबाट रिलिज हुने चलचित्रको प्रचारमा यतिबेला निर्देशक सहित मुख्य कलाकारहरु जुटिरहेका छन् । साक्षात्कारमा बोल्दै अभिनेता सौगात मल्लले चलचित्रमा मानसिक रूपमा आफू तनावमा रहेको समयलाई अनुभूत गरेर क्यारेक्टर निर्माण र अभिनय गरेको बताए । उनले भने – ‘म आफैँ पनि झण्डै–झण्डै त्यस्तै अवस्थाको नजिक पुगेर फर्किएको धेरैलाई थाहै छ । त्यसलाई पनि मैले फिल गरेको थिएँ ।’ उनले अघि थपे – ‘त्यस्तो चरित्र निर्वाह गर्न शारीरिकभन्दा पनि मानसिक रूपमा गरिने काम अफ्ठ्यारो हुन्छ ।’ चलचित्र भित्र एउटै पात्रको दुई भिन्न चरित्रमा देखिएका सौगातले २५–२६ दिन मानसिक रूपमा समस्यामा रहेको एउटै क्यारेक्टरमा बस्दा भने आफूलाई असहज भएको बताए ।
यस्तै अधिकांश चलचित्रमा रोम–कमको भूमिकामा देखिएका अभिनेता नाजिर हुसेनले लामो समयपछि आफूले फरक र राम्रो चरित्रमा काम गर्न पाएको बताए । उनले आफूले चलचित्रमा फरक–फरक इमोसनमा काम गरेकाले ‘अगस्त्यः च्याप्टर १’ आफ्ना लागि पनि बिशेष रहेको बताएका छन् ।
अभिनेत्री मलिका महतले आफू भन्दा अग्रज कलाकारसँग् काम गर्दा दबाबको महशुस भए पनि उनीहरुबाट बढी सिकाई हुने बताइन् । उनले अग्रज कलाकारबाट आफूले शक्ति पाएको जिकिर गरिन ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
