साइग्रेसको ‘अधुरो प्रेम’मा चलचित्र बन्ने
चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही चलचित्र बन्ने भएको छ । शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले यो चलचित्रको घोषणा गरे ।
शिशिर खातीले निर्देशन गर्ने चलचित्रलाई प्लानेट थ्री फिल्म्सले निर्माण गर्नेछ । थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको चलचित्रका कार्यकारी निर्माता अर्जुन सुवेदी हुन् ।
साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो यो अडियो नोभेललाई हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ । यसलाई अडियो सुन्ने अन्य प्लेटफर्महरूमा समेत लाखौँ पटक सुनिएको छ ।
चलचित्र घोषणा गर्दै साइग्रेसले आफ्नो जीवनको एक कालमा भएको प्रेमबारे यो नोभेल तयार पारेको बताए । उनले यो नोभेलमा आधारित रहेर सुजन चापागाईँ र उनको टिमले गीत तयार पार्ने घोषणा समेत गरे ।
पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका शिशिरले आफू साइग्रेसको आवाजको फ्यान मध्ये एक रहेको बताए । कार्यकारी निर्माता सुवेदीले यसअघि चलचित्र ‘रङ्गेली’ निर्देशन गरेका थिए । वि.सं. २०८२ मा रिलिज लक्ष्य राखिएको चलचित्रमा कलाकार र अन्य टिमको भने टुङ्गो लागिसकेको छैन ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
