चलचित्र ‘आँधि तुफान २’को ट्रेलर सार्वजनिक
चलचित्र ‘आँधि तुफान २’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ३ सेकेण्ड लामो एक्शन प्याक्ड ट्रेलरले चेलीबेटी बेचविखनको कथा देखाएको बुझ्न सकिन्छ ।
श्रावण २० गतेबाट प्रदर्शन हुने चलचित्र सस्पेन्स थ्रिलर जनराको हो । लेडिज एक्शन चलचित्रले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । २०६३ सालमा प्रदर्शन भएको चलचित्र आँधी तुफानको सिक्वेललाई मदन घिमिरेले निर्देशन गरेका छन् ।
ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा रवी गिरी, पुस्कर राउत, सञ्चित भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।
चलचित्रमा मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।
चलचित्रमा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप र सम्राट थापाको पाश्र्व संगीत रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
