‘एक्टर’को प्रचारमा ‘कमेडी दरबार’को सहकार्य
चलचित्र ‘एक्टरः टेक वन’ले लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर गर्ने भएको छ । जसअन्र्तगत इटहरी, नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ र पोखरामा प्रचारात्मक कार्यक्रम हुनेछ ।
कार्तिक १५ गते रिलिज हुने चलचित्रको प्रचारात्मक कार्यक्रम कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुनेछ । सुनसरीको इटहरीबाट सुरु भई, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज, दाङको तुलसीपुर हुँदै कास्कीको पोखरामा सम्पन्न हुनेछ । लिभेन्ट्स स्टुडियोजले व्यवस्थापन गर्ने यो कार्यक्रम खुला र निःशुल्क हुनेछ ।
प्रत्येक कार्यक्रमहरूमा चलचित्रका कलाकारहरू प्रदीप खड्का, अन्ना शर्मा, दिव्या रायमाझी लगायतको प्रस्तुति हुनेछ भने ‘कमेडी दरबार’का चर्चित कमेडियनहरू सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), हिमेश पन्त, सरोज भण्डारी, उत्सव सापकोटा, विकास अर्याल, पवित्र शाकी (मिस पबी), सिडी विजय अधिकारी, नम्रता सापकोटा, बिक्की अग्रवाल लगायतको सहभागिता रहनेछ ।
चलचित्रमा प्रदिप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको निर्देशन राजन भुसालले गरेका छन् भने कथा आकाश बराल र राजन भुसालले लेखेका हुन् ।
‘अदृत फिल्म्स’ र ‘मोती फिल्म्स’को संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता थमन कुमार भण्डारी र सहनिर्माता अनिश भुसाल हुन् । नरेन्द्र मैनालीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको सङ्गीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी रहेको चलचित्रमा, अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
