गीतमा देखिएको माग्नेको स्वरुप चलचित्रको केन्द्रमा रहेको निर्देशक लामिछानेको भनाई
‘म त सुतेर उठेको पैसामा’ गीत सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरुपमा देख्न पाउने पक्का भएको छ । निर्देशक ऋषि लामिछानेले चलचित्रको कथा गीतको फेन्टासी वरिपरि घुमेको र गीतमा देखिएको माग्नेको स्वरुप चलचित्रको केन्द्रमा रहेको बताएका छन् ।
‘टिजर र लोकगीतमा हामीले केदार घिमिरेलाई पुरानो छविमा कायम राखेका थियौँ । यसले गर्दा कतिपय दर्शकलाई चलचित्र पुरानै ढर्रामा त छैन भन्ने शंका लागेको थियो,’ निर्देशक लामिछानेले भने, ‘यो गीतसँगै हामी चलचित्रको मुद्दामा प्रवेश गरेका छौँ । दर्शकले केदार घिमिरेलाई बिल्कुलै नयाँ अवतारमा देख्न सक्नुहुनेछ ।’ यसो भनिरहँदा निर्देशक लामिछानेले चलचित्रले कमेडी शैलीलाई भने नछाडेको बताए ।
निर्माता मुनाल घिमिरेका अनुसार चलचित्रले हाँसोसँगै समसामयिक मुद्दालाई पनि कथ्यमा समेट्ने प्रयास गरेको बताएका छन् । प्रचार सामाग्रीको स्वीकार्यताले उत्साहित रहेका मुनाल घिमिरे भन्छन्, ‘हाँसो भन्दैमा यसमा सस्ता जोक छैनन् । चलचित्रमा हामीले हँसाउँदा हसाउँदै देशको समस्या र नागरिकको रुपमा समस्याको निदान पनि सुझाएका छौँ । चलचित्रको प्रदर्शनपछि यसले नयाँ बहसको सिर्जना गर्छ भन्ने कुरामा विश्वस्त छौँ ।’
निर्माण घोषणासँगै चर्चामा रहेको चलचित्र ‘माग्ने राजा’को प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका प्रचार सामाग्रीले पनि दर्शक लोभ्याउँदै गएका छन् । पोस्टर रिलिज गरेर आक्रामक प्रचारमा उत्रिएको चलचित्रले अहिलेसम्म दुई गीत र टिजर सार्वजनिक गरिसकेको छ । जसमध्ये एउटा गीतले ठिकैको माया पाएको भएपनि टिजर र हालै सार्वजनिक भएको गीत ‘म त सुतेर उठेको पैसामा’ले दर्शकको राम्रो माया पाएका छन् ।
चलचित्रको टिजरले हालसम्म १२ लाख हाराहारी माया पाइसकेको छ भने ५ दिनअघि सार्वजनिक ‘म त सुतेर उठेको पैसामा’ले छोटो समयमै २१ लाख भ्युज प्राप्त गरेर चलचित्रलाई दर्शकमाझ थप प्रतीक्षित बनाएको छ ।
पैसालाई केन्द्रमा राखेर बनेको गीतको मेलोडी र शब्दले दर्शकको मनोविज्ञान टपक्क समातेको छ । यही कारण अहिले गीत टिकटकमा पनि भाइरल बनेको छ । गीतका टुक्रा टुक्रामा बनेका रचनात्मक टिकटकले जो कोहीलाई प्रशन्न बनाउँछन् ।
ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको चलचित्र भदौ ६ मा प्रदर्शनमा आउँदैछ । मुनाल घिमिरेको निर्माणमा तयार भएको चलचित्रमा विल्सन विक्रम राई,वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल आदि कलाकारको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन, दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको चलचित्रलाई सामीप्य राज तिमल्सेनाले लेखेका हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
