एआई निर्मित हिममानव बाट प्रचार गर्दै ‘अभिमन्यु: च्याप्टर–१’

सम्भवत पहिलो पटक नेपाली चलचित्रको प्रचारमा एआई निर्मित मोडलको प्रयोग गरिएको छ । चलचित्र ‘अभिमन्युः च्याप्टर–१’को प्रचारमा एआईबाट निर्मित हिममानव (यति)को प्रयोग गरिएको हो ।
एआई निर्मित हिममानव हलको बक्सअफिस (टिकट काउण्टर)मा पुगेर चलचित्र ‘अभिमन्यु’ कहिले लाग्छ भनेर सोधेको दृश्य समावेश छ । हिमाली क्षेत्रमा चलचित्र हल छैन, त्यसैले चलचित्र हेर्न सहर बजार नै आउनुपर्छ भन्ने आसयको अभिव्यक्ति सहितको एआई भिडियो निर्माण टिमले तयार पारेको हो ।
भदौ २७ बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौलालगायतको अभिनय छ ।
पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथामा बनेको चलचित्र सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको हो । विनोद पौडेल र गुञ्जन गिरीको निर्माण रहेको चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
जीवन शाक्य लाइन प्रोड्यूसर रहेको यस चलचित्रमा मदन घिमिरेको सम्पादक र शरद महतोको डिओपी रहेको छ । चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुने जनाइउको छ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal