‘आमा’को पोस्टर अंकित हुलाक टिकट सार्वजनिक
चलचित्र ‘आमा’को पोस्टर अंकित हुलाक टिकट सार्वजनिक गरिएको छ । सोमबार चलचित्र विकास बोर्डको २५ औं वार्षिकोत्सवको अवसरमा उक्त टिकट सार्वजनिक गरिएको हो ।
हुलाक सेवा विभागले चलचित्र ‘आमा’का नायक र नायिकाको तस्वीर अंकित टिकट सार्वजनिक गरेको हो । पूर्ण कला लिम्बुको डिजाइनमा तयार भएको टिकटलाई विभागले रु. १० दरमा प्रकाशन गरेको छ । टिकट दुईवटा डिजाइनमा उपलब्ध छ ।
चलचित्र ‘आमा’ २०२२ साल असोज १५ गते प्रदर्शनमा आएको हो । हिरासिंह खत्री निर्देशित यो चलचित्र नेपाल भित्र निर्माण भएको पहिलो नेपाली चलचित्र हो । चलचित्रमा शिवशंकर र भुवन चन्दको मुख्य भूमिका थियो । समारोहमा अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बोर्ड अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा टिकट अनावरण गरेका थिए ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
