‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला
आगामी भाद्र १४ अर्थात् जनै पूर्णिमाको अवसर पारेर बिहीबारबाट नै प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । व्यापक प्रचार प्रसारका बीच प्रदर्शनमा आउन लागेको चलचित्रले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमलाई छ ।
कृषा चौलागाईको डेव्यु निर्देशकिय चलचित्रका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो हाइप निर्माण गरेकाले पनि राम्रो व्यापार गर्ने विश्वास निर्माण टिमलाई छ । मंगलबार खुलेको चलचित्रको अग्रीम टिकट बुकिङमा पनि हलले उच्च प्राथमिकतामा राखेको देखिन्छ । अधिकांश मल्टिप्लेक्स हलले चलचित्रलाई राम्रो शो उपलब्ध गराएका छन् ।
देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आफ्ना देशभरका चेनमा अहिलेसम्म २५ शो उपलब्ध गराएको छ । अहिलेसम्म बुकिङ खुलेका हलहरु मध्ये एफक्युब सिनेमाले ४ शो, वान सिनेमाज्ले ५ शो, बिएसआरले ३ शो उपलब्ध गराएका छन् ।
यो समाचार तयार पार्दाको अवस्था सम्म राजधानीमा ठुला चलचित्र हल बिग मुभिज, आईएनआई लोत्से, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, क्युज सिनेमाज्, सिने डि सेफ र आरके सिनेमाज्ले शो खोली सकेका छैनन् । चलचित्रको सुरुवाती शोज सङ्ख्या हेर्दा आक्रामक शो पाउने देखिन्छ ।
पूर्वी नेपालमा रमणीय स्थानमा खिएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सहनिर्माताको रुपमा रहेका छन् । चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
