छायाँकन नहुदै ‘आ बाट आमा’को अस्ट्रेलिया र न्युजिल्याण्ड राइट्स् विक्री
छायाँकन शुरु नहुदै चलचित्र ‘आ बाट आमा’को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको छ । हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशको अधिकार खरिद गरेको हो ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहने चलचित्र आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने छ । मातृत्वको संवेदनशील कथा प्रस्तुत गर्ने चलचित्रको प्रदर्शनका लागि अन्य देशबाट समेत माग आएको निर्देशक पन्तले जनाए ।
चलचित्रमा पल शाह, उषा उप्रेती, विपना थापा, सिमरन पन्त सहित दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहने छ ।
यही महिनाको अन्तिम साताबाट छायांकनमा निस्किने चलचित्र आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
