‘आ बाट आमा’को तनहुँमा मुहूर्त, चितवनबाट छायाँकन
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्र ‘आ बाट आमा’को तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्त गरिएको छ । करिब २ सय जना बटुकहरुले हवनसहित पूजाआर्चना गरी मुहूर्त गरिएको हो ।
निर्माण पक्षका अनुसार चलचित्रको छायांकन पनि चितवनबाट सुरु गरिएको छ । निर्देशक चन्द्र पन्तले चलचित्रको छायांकन तालिका करिब एक महिनाको रहेको जानकारी दिए । उनका अनुसार चितवन, काठमाडौं र भारतको हैदरावादमा चलचित्र खिचिनेछ ।
चलचित्रमा अभिनेता पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त, उषा उप्रेतीलगायतका कलाकारको अभिनय रहने छ । मुहूर्त कार्यक्रममा प्रदीप रावतसहित गजित बिष्ट, माओत्से गुरुङ लगायतको उपस्थिति थियो । ‘आ बाट आमा’ले आमा र सन्तानबीचको स्नेह र सम्बन्धको भावनात्मक कथा बोकेको निर्माण पक्षको भनाइ छ ।
चलचित्रका निर्माता कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर हुन् भने कार्यकारी निर्माता करण सिंह रहेका छन् । छायांकन नवराज उप्रेतीले सम्हाल्ने छन् । चलचित्र २०८२ फागुन १५ गतेबाट प्रदर्शनमा आउने जनाइउको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
