‘ए मेरो हजुर ४’को टिजर सार्वजनिक

लेन्सनेपाल २०७८ पौष ३०
‘ए मेरो हजुर ४’को टिजर सार्वजनिक

चलचित्र ‘ए मेरो हजुर ४’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार चलचित्रको टिजर सहित प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । झरना थापा निर्देशित चलचित्र आगामी बैशाख १ गतेबाट प्रदर्शन हुने छ ।

सार्वजनिक टिजरमा अनमोल केसी र सुहाना थापाको पात्र बिचको रोमान्स र विछोडको कथा देखाइएको छ । 

झरना थापाकै कथामा निर्माण भएको चलचित्रका निर्माता सुनिल कुमार थापा हुन् । चलचित्रमा बसन्त सापकोटा, आशिष अबिरल, कल्याण सिंह, प्रतिक पौडेल र उदयराज पौडेलको संगीत रहेको छ ।