‘ए मेरो हजुर ४’ प्रदर्शनमा, प्रिमियरमा सुखद प्रतिक्रिया
नयाँ वर्षको अवसर पारेर बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आएको छ । उच्च प्रचार प्रसारका साथ प्रदर्शनमा आएको चलचित्रले विहानी शोबाटै आक्रामक व्यापारको सुरुवात गरेको छ ।
झरना थापा निर्देशित चलचित्रले विदेशी चलचित्रको दबदबाका बावजुद पनि ओपनिङ ब्यापारमा राम्रो शुरुवात गरेको हो । प्रिमियर शोबाटै उत्कृष्ट प्रतिक्रिया बटुलेको चलचित्रले दर्शकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको छ । वर्ड अफ माउथ राम्रो पाएकाले चलचित्रले बक्सअफिसमा सुखद व्यापार गर्ने संकेत देखाएको छ ।
चलचित्र हेरेका अधिकांश दर्शकले अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको अभिनयलाई मन पराएका छन् । डेव्यु सिनेमाबाट वाहवाही बटुलेकी सुहाना र अनमोलको अभिनयको तारिफ दर्शकबाट मिलिरहेको छ ।
चलचित्रमा रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको चलचित्रमा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
