अनमोलको फ्यान सुहाना ! ‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘ए मेरो हजुर ३’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘ए मेरो हजुर’ बोलको गीतले कलाकार अनमोल केसी र सुहाना थापाको भुमिकालाई प्रष्ट पारेको छ । गीतमा अनमोल सुपर स्टारका रुपमा कन्सर्ट गरिरहेका छन् भने सुहाना उनको फ्यानको रुपमा झुमिरहेकी छिन । गीतमा प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत, प्रतिक पौडेलको शब्द र प्रताप दासको स्वर छ ।
चलचित्रमा अनमोल र सुहानाका अलवा अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । म्युजिकल स्टार र फ्यानविचको साँगीतिक प्रेमकथा भन्ने चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । चैत २९ गते देखि प्रदर्शन हुने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, सञ्जय लामाले छायांकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
