ए मेरो हजुर ३ को पोष्टर सार्वजनिक, अनमोल र सुहानाको मुख्य भुमिका
दोस्रो पुस्ताका कलाकारहरुको मुख्य भुमिका रहने चलचित्र ए मेरो हजुर ३ को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । शुक्रबार बाट औपचारिक रुपमा चलचित्रको छायाँकन आरम्भसँगै दुई वटा पोष्टर सार्वजनिक गरिएको हो । पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापालाई प्रस्तुत गरिएको छ ।
अनमोल चर्चित अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसीका छोरा हुन भने सुहाना निर्माता सुनिलकुमार थापा र अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी हुन । पोष्टरमा यि दुईलाई रोमान्टिक मुडमा देखाइएको छ ।
चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रलाई झरना थापाले निर्देशन गर्नेछिन । म्युजिकल लभस्टोरी जनरामा बन्ने यो चलचित्रमा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
सुनिल कुमार थापाको निर्माण रहने चलचित्रमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायाँकन रहने छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung