पहिलो सातामा ‘ए मेरो हजुर ४’को ब्यापार ४ करोड १ लाख
अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ले पहिलो सातामा ४ करोड १ लाखको ब्यापार गरेको छ ।
निर्माण टिमले बिहिबार पहिलो साताको ब्यवसायिक रिपोर्ट सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो । नेपाली नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र बिदेशी चलचित्रको चेपुवामा परेको थियो । बिदेशी चलचित्रको दबाबका बिच चलचित्रको ब्यापारलाई उल्लेख्य हो । चलचित्रले पहिलो ३ दिनमा २ करोड ४३ लाखको ब्यापार गरेको थियो ।
झरना थापा निर्देशित चलचित्रलाई मल्टीप्लेक्सहरुले भने शो बाँडफाँडमा बिभेद गरेका थिए । बिदेशी चलचित्रको तुलनामा एक तिहाइ मात्र शो ‘ए मेरो हजुर ४’लाइृ उपलब्ध गराएका थिए । केही हलले चलचित्र हाउसफुल हुने अवस्थामै शो कटौति समेत गरेका थिए । यि सबै परिस्थितिका बाबजुत चलचित्रको कमाईलाई उच्च मान्नुपर्ने हुन्छ ।
चलचित्र बिहिबारबाट दोस्रो सातामा प्रवेश गरेको छ ।

Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
