हलमा ‘कोशेढुंगा’ देखि ‘रिमै’ सम्म ६ वटा नेपाली चलचित्र

२०८२ भाद्र ३०
हलमा ‘कोशेढुंगा’ देखि ‘रिमै’ सम्म ६ वटा नेपाली चलचित्र

जेनजी आन्दोलनपछि बन्द भएका चलचित्र हल सञ्चालनमा आए सँगै ६ वटा नेपाली चलचित्रको प्रदर्शनलाई निरन्तरता दिइएको छ ।

बिभिन्न हलहरुले ‘रिमै’, ‘कोशेढुंगा’, ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘मोहर’ र ‘गुन्यो चोलो’को प्रदर्शनलाई निरतन्तरता दिएका छन् । यि सँगै केही बलिउड र हलिउड चलचित्र पनि प्रदर्शनमा आएका छन् । बिभिन्न हलहरुले आइतबार नै उक्त चलचित्रको शो खोलेका थिए । यद्यपी अग्रिम बुकिङ भने कुनै पनि चलचित्रको सुखद छैन । 

चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार आन्दोलनको क्रममा आगजनी हुँदा क्षतिग्रस्त बनेको विराटनगरको क्यूएफएक्स हलबाहेक अरु हलहरू सञ्चालनमा आएका हुन् । विराटनगरको क्यूएफएक्स हल जलेर पूर्ण रूपमा ध्वस्त भएको छ, जुन १५ करोडको लागतमा बनेको थियो । योसहित अन्य चारवटा हलमा पनि आगजनी र तोडफोड हुँदा १७ करोडको क्षति भएको संघले जनाएको छ ।