Mansara

सकियो निफ – दिव्यदेव र मेनुका उत्कृष्ट

२०७८ चैत्र २२
सकियो निफ – दिव्यदेव र मेनुका उत्कृष्ट

७ बिधाका लागि १४ पुरस्कार प्रदान गर्दै नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को  पाँचौ संस्करण सम्पन्न भएको छ ।

महोत्सवमा फिचर चलचित्र तर्फ अन्तराष्ट्रिय बिधामा बंगलादेशको ‘नो ग्राउण्ड बिनिथ द फिट’ र राष्ट्रिय बिधामा ‘‘वान नाइट इन काठमाडौं ः महानगर’ उत्कृष्ट घोषित भएको छ । मोहन राई निर्देशित चलचित्र महानगरले उत्कृष्ट ‘स्क्रिनप्ले’को अवार्डसमेत जितेको छ ।

मोहम्मद रब्बी मृधा निर्देशित  ‘नो ग्राउण्ड बिनिथ द फिट’ले उत्कृष्ट फिचर चलचित्र (अन्तराष्ट्रिय) को ट्रफी सहित १५ सय अमेरिकी डलर प्राप्त गर्यो । भने राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट ‘वान नाइट इन काठमाडौं ः महानगरले ट्रफी सहित एक लाख रुपैयाँ प्राप्त गर्यो ।

राष्ट्रिय प्रतिष्पर्धामा मात्र प्रदान गरिएको उत्कृष्ट कलाकारको अवार्ड दिव्य देब र मेनुका प्रधानले प्राप्त गरेका छन् । चलचित्र ‘चिसो एस्ट्रे’बाट दिव्यदेवले उत्कृष्ट कलाकार (पुरुष) र ‘महानगर’बाट मेनुका प्रधानले उत्कृष्ट कलाकार (महिला)को अवार्ड प्राप्त गरेका हुन् ।

‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने उद्घोष सहित १७ गतेबाट शुरु भएको महोत्सव २१ गते समापन भएको हो ।


यस्तो छ अवार्ड बिजेताको सुचि


अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्म : नो ग्राउण्ड बेनेअथ द फिट

राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्म : वान नाइट इन काठमाडौं : महानगर

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्री : गोर्खा गर्ल

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट एनिमेटेड : हर्ट अफ गोल्ड

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म : अल सिट

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म : आइस क्रिम

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म निर्देशक : वचन व्यञ्जनकार (ट्रफी)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म निर्देशक : मोहन राई (महानगर)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म पुरुष कलाकार : दिव्य देव (चिसो एष्ट्रे)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म महिला कलाकार : मेनका प्रधान (महानगर)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म पटकथा : मोहन राई (महानगर)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म छायांकन : उज्ज्वल बस्ताकोटी (चिसो एस्ट्रे)

Mahajatra