पशुपतिमा पूजा गर्दै ‘३६ को आँकडा’को शुभसाइत
श्रीकृष्ण जन्माष्टमीको अवसर पारी चलचित्र ‘३६ को आँकडा’ निर्माणको घोषणा गरिएको छ । शनिबार पशुपति मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो ।
सोमबारदेखि छायाँकन सुरु हुने चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । चलचित्रमा रेखा थापा, महेश त्रिपाठी, पूजा शर्मा, पुष्प खड्कालगातको अभिनय रहने छ ।
शुभसाइत पूजापछि रेखाले भनिन – ‘हरेक घरभित्र सुक्ष्म किसिमको महाभारत चलिरहेको छ । प्रेमपूर्वक प्रदर्शन हुँदैछ । सबै ‘३६ को आँकडा’ झगडा मात्र होइन, त्यहाँ प्रेम पनि हुन्छ ।’
त्यसअघि रेखाले सामाजिक संजालबाट चलचित्रको पोष्टर सार्वजनिक सार्वजनिक गरेकी छिन् । पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले अर्की अभिनेत्री पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ । पोस्टरमा रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ ।
अभिनेत्री रेखाको कम्पनी रेखा फिल्मस् र निर्देशक श्रेष्ठको कम्पनी काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा चलचित्र बन्ने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
