कलाकार परिवर्तनका कारण शुरुबाटै शुरु भयो ‘२ नम्बरी’को छायाँकन
कोरोनाका कारण छायाँकन बिचैमा रोक्नु परेको चलचित्र ‘२ नम्बरी’को पुनः छायाँकन शुरु भएको छ । दुई वर्ष भन्दा लामो समयपछि पुनः छायाँकन थालिएको चलत्रित्रको शुरुबाट नै छायाँकन थालिएको हो ।
यसअघि मुख्य भुमिकामा काम गरेका कलाकारहरु परिवर्तन भएसँगै चलचित्रको छायाँकन शुरुबाटै गर्नु परेको हो । चलचित्रका मुख्य नायक पल शाह बलात्कार आरोपमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् भने जयनन्द लामाको निधन भइसकेको छ । यस्तै अभिनेत्री वर्षा राउतले सेड्युल नमिलेको भन्दै चलचित्र छोडेकी छिन । जसका कारण चलचित्रमा सौगात मल्ल, उपासना सिंह ठकुरी र कविता आलेको प्रवेश भएको छ । दयाहाङ राई र उगेन छोदेन भने यथावत छन् । कलाकार परिवर्तनसँगै कथामा पनि केही परिवर्तन गरिएको बुझिएको छ ।
कास्कीको ल्वाङ गाउँदेखि सुरु भएको छायाँकन दुई सातासम्म सोही गाँउमा जारी रहने र त्यसपछि पोखरा आसपासका क्षेत्रमा छायाँकन गरिने जनाइएको छ । कार्तिक ४ गतेका लागि प्रदर्शन मिति तय गरिएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।
मित्रताको कथा प्रस्तुत गर्ने चलचित्रमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ र अमलादेवी राईको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
