‘२ नम्बरी’को फस्टलुक सार्वजनिक

लेन्सनेपाल २०७९ आषाढ ६
‘२ नम्बरी’को फस्टलुक सार्वजनिक

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक भएको छ ।

दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी रहेको फिल्ममा किरण नेपाली प्रस्तुतकर्ता छन् । फिल्मको फस्टलुकमा मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ ।

फिल्ममा दया र सौगातको गेटअप केही फरक छ । फिल्मले दुई साथीको मित्रताको कथा प्रस्तुत गरेको छ ।

फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् ।

फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । यो फिल्म कार्तिकको ४ गतेबाट तिहारको अवसरमा रिलिज हुँदैछ ।