असारमा ‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल’
‘१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४’ आयोजना हुने भएको छ । आयोजक कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनले असारको पहिलो साता काठमाडौंमा महोत्सब आयोजना हुने जनाएको छ । महोत्सवमा विलक्षण क्रियसन र चलचित्र विकाश बोर्ड पनि आयोजक र सह आयोजकका रुपमा जोडिएका छन् ।
नेपाल र अफ्रिकी मुलुकका चलचित्र, लुघ चलचित्र तथा बृत्तचित्र समाबेश हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाकी अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् । महोत्सबका लागि यसपटक १५ भन्दा बढी अफ्रिकी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा बृत्तचित्र समावेश हुने जनाइएको छ ।
यस्तै महोत्सबका लागि विभिन्न नेपाली चलचित्र, लघु चलचित्र, बृत्तचित्र, अदिबासी चलचित्र र विधार्थी चलचित्रहरु प्रदर्शन गरिने भएको छ । महोत्सबका लागि नेपालका चलचित्र, लघु चलचित्र, बृत्तचित्र, अदिबासी चलचित्र र विधार्थी चलचित्रहरु समावेश गर्ने अन्तिम मिति यही १५ जेठसम्म राखिएको महोत्सबका निर्देशक डब्बु क्षत्रीले जानकारी गराएका छन् ।
महोत्सबमा विभिन्न विषयमा चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तरक्रियालगायतका विभिन्न कार्यक्रम गरिने समेत जनाइएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
