चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक
चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । दशैंको फूलपाती अर्थात् अशोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो । ट्रेलरमा एक्सन, प्रेम र पिडाको समिश्रण देख्न सकिन्छ ।
बिराज भट्टको निर्देशन रहेको चलचित्रमा उनी र उनका छोरा समिर भट्टका साथै न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ । समिर सँगै पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी र मोडल सनिशाको यो डेव्यु चलचित्र हो ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चलचित्रमा विराज स्वंयम्को कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
