बिराजको ‘१२ गाउँ’ पनि दशैंको फूलपातीमै
चलचित्र ‘१२ गाउँ’ पनि दशैंको फूलपाती अर्थात् असोज २४ गते नै प्रदर्शन हुने भएको छ । चलचित्रको टिजर पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि सोही मितिमा ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ले प्रदर्शन घोषणा गरिसकेका छन् ।
अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको ‘१२ गाउँ’को पोष्टरमा उनकै छोरा समीर भट्ट देखिएका छन् । सुगठित शरीरसहित सर्टलेस अवतारमा मेशिनगन चलाउँदै गएको अवस्थामा उनलाई देख्न सकिन्छ । पृष्ठभूमिमा भने गाउँको घना बस्ती छ । पोस्टरले नै चलचित्र एक्सन प्रधान भएको प्रष्ट हुन्छ ।
चलचित्रमा समिरका साथै विराज पनि मुख्य भूमिकामा छन् भने पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर (इकु), किशोर भट्ट, सन्तोष सरकार, स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि अभिनय रहेको छ ।
महेश पौडेलको छायाँकन, अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । चलचित्रमा साउथका स्टन्ट सिल्भाको द्वन्द्व निर्देशन छ । उनलाई शंकर महर्जनले सघाएका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
