'११ः५५' को प्रिमियर, चलचित्रकर्मी र पत्रकारले हेरे चलचित्र
चलचित्र '११ः५५' को प्रिमियर गरिएको छ । बुधबार राजधानीमा आयोजित प्रिमियरमा चलचित्रकर्मी र पत्रकारहरुले चलचित्र हेरेका छन् ।
प्रिमियरमा पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्देशक तथा हास्य कलाकार दीपक आचार्य, बबिन राईलगायतका कलाकारहरु उपस्थित थिए । क्राइम थ्रिलर जनराको चलचित्रलाई चलचित्रकर्मीहरुले उत्कृष्ट भनेका छन् ।
एउटा घर भित्र चलचित्रको पुरै कथा सकाएको भन्दै धेरैले निर्देशक केशब पाण्डेको तारिफ गरेका छन् । चलचित्रका कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनालले पनि प्रिमियर शोमा मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित बनाएको बताएका छन् ।
निर्देशक पाण्डेसँगै चलचित्रलाई एमएस अग्रज र शेखर ज्ञवालीले लेखेका हुन् । चलचित्रमा अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी र पासाङ दावा शेर्पाको सम्पादन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
