चलचित्र ‘११:५५’को टिजर सार्वजनिक
अगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को अफिसियल टिजर सार्वजनिक भएको छ । चलचित्र को आइतबार सार्वजनिक १ मिनेट ३४ सकेण्ड लामो टिजरले चलचित्र को कथावस्तुबारे प्रकाश पार्छ । लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण चलचित्र को टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ ।
चलचित्र को निर्माण टिमले टिजरको सुरुवातमा नै सावधान भन्दै सुचना राखेको छ । जसमा लेखिएको छ, 'यो टिजर पूर्वावलोकन मात्र ती दर्शकहरुका लागि स्वीकृत गरिएको छ, जसलाई चलचित्र मा रोमाञ्च र रहस्य मनपर्छ ।'
चलचित्र का मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्र को लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय चलचित्र हो । चलचित्र मा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।
अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको चलचित्र टोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले चलचित्र मा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।
बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्र मा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्र का कार्यकारी निर्माता एमएस अग्रज हुन् । चलचित्र लाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
