विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइज गर्ने
चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइज गर्ने भएको छ । १६ एमएममा छायाँकन भएका चलचित्रहरु एचडी गुणस्तरमा डिजिटाइज हुनेछन् ।
मानवअधिकार फिल्म फेस्टिभलको समापन समारोहमा बोर्ड अध्यक्ष दिनेश डिसीले लिम्बु संस्कृतिमा आधारित ‘नुमाफुङ’लाई डिजिटल बनाउने घोषणा गरेपछि दर्शक दीर्घा तालीको गडगडाहटले गुन्जिएको थियो । निर्देशक नवीन सुब्बाले यस घोषणालाई खुसीसाथ स्वीकार गरेका थिए । डिसीले ‘नुमाफुङ’सहित १० वटा चलचित्रलाई १६ एमएम रिलबाट डिजिटल फुल एचडी क्वालिटीमा आर्काइभ गर्ने घोषणा गरे ।
चाबहिलस्थित चलचित्र विकास बोर्डमा चार दिनसम्म चलेको १२ औँ नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४ सोमबार सम्पन्न भएको हो । महोत्सवको समापन कार्यक्रममा माननीय ठाकुर गैरे प्रमुख अतिथि रहेका थिए ।
नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारत र युरोपका विभिन्न मुलुकका चलचित्रकर्मीहरूको सहभागिता रहेको महोत्सवमा २३ देशका ५३ वटा चलचित्र प्रदर्शन गरिएका थिए । मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको कार्यक्रममा चलचित्र विकास बोर्डले सहकार्य गरेको थियो ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
