Chha Maya Chhapakkai
UA 145 mins Feature Film ComedyOct 11, 2019Hall Release
News
‘छ माया छपक्कै’को प्रमोसनल गीत सार्वजनिक
यस वर्षको बहुप्रतिक्षित मध्येको एक चलचित्र ‘छ माया छपक्कै’को प्रमोसनल गीत सार्वजनिक गरिएको छ । दुर्गेस थापाको तीज गीत ‘बिच बिचमा’को संगीतमा कमेडी शैलीको शव्द प्रयोग गर्दै गीत तयार पारिएको छ । दुर्गेस स्वयंको शब्द, संगीत र स्वर रहेको गीतले दर्शकहरुलाई ‘छ माया छपक्कै’ प्रदर्शन हुने मिति जानकारी गराउँदै टिका लगाएर चलचित्र हेर्न आग्रह गरेको छ ।
गीतको भिडियोमा गायक दुर्गेससहित चलचित्रका कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र निर्देशन सल्लाहकार दीपाश्री निरौलालाई फिचर गरिएको छ । यसअघि पनि दिपक दिपाका टिमले प्रमोशनल गीत तयार गर्ने गरेको थियो । यस वर्षको तीज निकै रुचाइएको यो गीत लोकपप शैलीको छ ।
असोज २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा दीपक, जितु, केदार, केकी र सुपुष्पाका अलवा अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा निर्देशक लामाकै कथा, दीपकको पटकथा, दीपक, केदार, जितु र अभिमन्यू निरवीको संबाद, हरि हुमागाइँको छायाँकन, विपिन मल्लको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
रोहित अधिकारीको निर्माण रहेको चलचित्र दीपक–दीपाको प्रस्तुति हो । जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा सुमन गिरी (भान्जा), ताराचन्द बजगाईं (निशान), केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगी सहनिर्माता हुन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi














