This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
आफुमा विश्वास छ भने जोखिम पनि उठाउन सक्नु पर्छ – दिपकराज गिरी
पछिल्लो समय कलाकारको पारिश्रमिक बढीरहेको छ । कलाकारकै भनाईलाई विश्वास गर्ने हो भने नायकको पारिश्रमिक ५० लाख अनि नायिकाको पारिश्रमिक १५ लाख समम पुगेको छ । जसो जसो कलाकारले पारिश्रमिक बढाउँदै लगे त्यसै त्यसै चलचित्र निर्माणको बजेट पनि बढ्दै आएको छ । अहिले त चल्तिका कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने हो भने डेढ – दुई करोडकै हाराहारिमा बजेट पुग्ने गर्छ । तर बजार नी ?
स्टार मानिएका कलाकार अभिनित चलचित्रले नाफा नकमाएका पनि होइनन् । तर, केही चलचित्रले लगानी सम्म पनि नउठाएका उदाहरणहरु प्रशस्त छन् । ५० लाख पारिश्रमिक माग्ने अनमोल केसीको चलचित्र होस् वा ४० लाख पारिश्रमिक माग्ने प्रदिप खड्काकै चलचित्र किन नहुन लगानी सम्म पनि नउठाएका उदाहरण पनि ताजै छन् । धेरै पर जानै पर्दैन गत वर्ष प्रदर्शन भएको चलचित्र कृ र यो वर्ष प्रदर्शन भएको चलचित्र रोजलाई हेर्दा भइहाल्छ ।
कलाकारले आफ्नो काम वा स्टारडमका आधारमा पारिश्रमिक लिनु गलत होइन । निर्माताले पनि कलाकार माथी लाखौं रुपैयाँ यसै खन्याउँदैनन् । उनीहरुले कि त कलाकारको काम, कि त बजार मुल्य अर्थात स्टारडमकै आधारमा लगानी गर्ने हुन, कलाकारले पनि त्यसैका आधारमा आफ्नो पारिश्रमिक माग्ने हो । आफ्नो स्टारडममा त्यति धेरै विश्वास राख्ने स्टारले निर्माताको लगानी रिकभर तर्फ पनि सोच्न जरुरी छ ।
नेपाली चलचित्र अनि स्टारहरु बलिउडबाट धेरै नै प्रभावित छन् भन्दा अन्यथा नहोला । बलिउडकै स्टारहरुलाई हेर्ने हो भने केही कलाकारले बिना पारिश्रमिक काम गर्ने अनि चलचित्रको प्रफिटमा आफ्नो ठुला हिस्सा खोज्ने गरेका छन्, त केहीले न्यूनतम पारिश्रमिक लिएर चलचित्रको प्रफिटमा केही प्रतिशत लिने गर्छन । जसका कारण चलचित्र निर्मातालाई पनि रिक्स कम हुनुका साथै कलाकारले पनि आफ्नो चलचित्र भनेर काम गर्ने बातावरण बन्छ । तर, नेपालमा स्टार मानिएका कलाकारहरुलाई हेर्ने हो भने उनीहरुले हाई डिमाण्ड गर्ने तर, रिक्स लिन तयार नहुने परिपाटी व्याप्त देखिएको छ ।
दिपक यसलाई चुनौति र अवसर दुवैका रुपमा लिन्छन् । चलचित्रले कमाएन भने उनले पनि कमाउने छैनन् अनि चलचित्रले धेरै कमाएमा उनले पनि धेरै नै पाउनेछन् । दिपक आजकल आफुले कलाकारका रुपमा मात्र नभएर निर्माताका रुपमा पनि सोच्न थालेको जनाउँछन् । चलचित्र निर्माणका जोखिमबारे जानाकार दिपक सबैभन्दा पहिला निर्माता बाच्नु पर्छ भन्ने पक्षमा देखिए ।
अभिनय क्षमताका आधारमा मात्र नभई स्टारडमकै आधारमा अर्थात आफ्ना कारण चलचित्र चल्छ भन्ने विश्वासका साथ डिमाण्ड गर्ने स्टारहरु नेपालमा त्यति धेरै छैनन् । अनमोल केसी, दिपकराज गिरी, प्रदिप खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, पुजा शर्मा, निश्चल बस्नेत, पल शाहलगायतका केही कलाकारले मात्र चलचित्र बोक्न सक्छन् भन्ने विश्लेषण चलचित्र बजारमा भइरहेको छ । अन्य पक्षलाई एकैछिन छोडेर पारिश्रमिक वा प्रफिट सेयरका हिसाबले हेर्दा यि मध्ये कसैले पनि अहिले सम्म आफ्नो स्टारडममा पूर्ण विश्वास गर्न सकेको देखिदैन । अहिले भने दिपकराज गिरी यो जोखिम उठाउन तयार देखिएका छन् ।
अंग्रेजी नयाँ वर्ष २०१९ को शुभकामना दिदै दिपकराज गिरीले निर्माता रोहित अधिकारीसँग मिलेर नयाँ चलचित्र बनाउने औपचारिक जानकारी दिएका छन् । उनले निर्देशकका रुपमा दिपेन्द्र लामालाई फाइनल गरेको पनि जानकारी दिए । सामाजिक सञ्जालमार्फत यो बाहेक अन्य थप जानकारी सार्वजनिक नगरेका दिपकले लेन्स नेपालसँग यसबारेमा विस्तृत कुरा गरेका छन् । उनका अनुसार उनले यो चलचित्रमा एक पैसा पनि पारिश्रमिक पाउने छैनन् । उनले प्रफिटमा आफ्नो हिस्सा खोज्दै चलचित्र खेल्न राजि भएका हुन ।
यो विचमा दिपकले आफ्नो व्यानर बाहेक महसञ्चारको चलचित्र शत्रु गतेमा काम गरे । त्यसमा पनि उनी निर्माता नै थिए । बाहिरी व्यानरबाट दिपकलाई चलचित्रको अफर नआएको भने होइन । तर उनले गरिरहेका थिएनन् । यसपटक भने दिपकले रोहित अधिकारीको निर्माण रहेको चलचित्रमा काम गर्ने भएका छन् । रोहित अधिकारी फिल्मस् र दिपकको व्यानर आमा सरस्वती मुभिजको व्यानरमा चलचित्र निर्माण हुनेछ । जुन चलचित्रमा दिपकले न त लगानी गर्ने छन् न त अग्रिम पारिश्रमिक नै लिनेछन् । चलचित्रमा सम्पूर्ण लगानी रोहितको हुनेछ भने दिपकले प्रफिट सेयर लिनेछन् । उनका अनुसार दिपेन्द्र लामाले लेखेको कथामा उनको पटकथा अनि उनी सँगै केदार घिमिरे र जितु नेपालको सम्वाद रहने छ । यि सबै काम कामको लागि उनले प्रफिटको ५० प्रतिशत हिस्सा लिने भएका छन् ।
अहिलेको समयमा दिपकले ५० लाखकै हाराहारिमा मागे भने पनि उनको स्टारडम र बजारमा चलेको कलाकारको पारिश्रमिकको खबरका आधारमा त्यो अस्वभाविक नलाग्न सक्छ । यद्यपी दिपक भने आफ्नो पारिश्रमिक चलचित्रको व्यापारले निर्धारण गर्ने बताउँछन् । किनकी चलचित्रले व्यापारका आधारमा सबै खर्च कटाएपछि निर्मातालाई हुने नाफामा उनले ५० प्रतिशत लिनेछन् । यसको अर्थ चलचित्रले जति धेरै कमाउँछ उनको पारिश्रमिक पनि सोही अनुरुप हुनेछ । दिपक यसलाई चुनौति र अवसर दुवैका रुपमा लिन्छन् । चलचित्रले कमाएन भने उनले पनि कमाउने छैनन् अनि चलचित्रले धेरै कमाएमा उनले पनि धेरै नै पाउनेछन् । दिपक आजकल आफुले कलाकारका रुपमा मात्र नभएर निर्माताका रुपमा पनि सोच्न थालेको जनाउँछन् । चलचित्र निर्माणका जोखिमबारे जानाकार दिपक सबैभन्दा पहिला निर्माता बाच्नु पर्छ भन्ने पक्षमा देखिए । उनले आफ्नो संलग्नताले चलचित्र राम्रो हुन्छ वा आफ्ना कारण चलचित्र चल्छ भन्ने विश्वास कोही कलाकारलाई हुन्छ भने उसले रिक्स लिन पछि पर्न नहुने तर्क गर्छन । आफ्नो स्टारडममा विश्वास भएमा कलाकारले प्रफिट सेयरमा काम गर्दा कलाकार र निर्माता दुबैलाई फाइदा देख्छन् । उनी अहिले बजारमा सुनिने कलाकारको रेटलाई उदाहरणका रुपमा लिदै स्टारले ५० लाख लिनुको सट्टा सके पुरै प्रफिट सेयर नभए अलिकति मात्र पारिश्रमिक लिएर बाँकी प्रफिट सेयर लिने गरि काम गर्न सुझाउँछन् । ५० लाख लिनेले १० लाख लिएर बाँकी प्रफिटमा बस्यो भने निर्मातालाई रिक्स मात्र कम हुने होइन कि चलचित्र निर्माणमा पनि केही सहजता हुन सक्ने उनको भनाई छ । यसो भएको खण्डमा चलचित्रको क्रियटिभ पार्ट देखि प्रमोशनलगायत सबैमा कलााकरको उत्तिकै संलग्नता हुनुका साथै अपनत्व महशुस हुने उनको कथन छ ।
अहिले दिपकलाई एका तर्फ चलचित्र निर्माता, वितरक र अन्य ब्राण्डहरुले पनि विश्वास गरिसकेका छन् भने अर्को तर्फ दर्शकहरुले पनि विश्वास गरिरहेका छन् । यही वेला हो उनले परिवर्तनको आभाष दिलाउने । जुन कुरामा उनी अग्रसर देखिए । आशा गरौं आफ्नो स्टारडममा विश्वास गर्ने स्टारमा दिपककको यो कदमले सकारात्मक प्रभाव पार्ने छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi








