Rishi Raj Acharya   
Movie's Credit : Director / Producer / Story / Screenplay / Dialogue / Lyricist

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

मधेशी पात्रमा काम गर्दा खुशी छु – रबिन्द्र झा

बिष्णु सुबेदी २०७८ पौष ७
मधेशी पात्रमा काम गर्दा खुशी छु – रबिन्द्र झा

नाटकबाट उदाएका कलाकार रबिन्द्र झाले चलचित्र जात्राबाट चलचित्रमा डेब्यु गरे । सन् २०१६ को यो चलचित्रपछि उनले १९ वटा चलचित्रमा काम गरेका छन् । छोटो समयमा धेरै चलचित्रमा काम गरेका कलाकार झा चल्तिका कलाकार हुन् ।

त्यसो त भुगोलका हिसावले झा तराई (मधेश)को प्रतिनिधित्व गर्ने कलाकार हुन् । यसअर्थ उनले अक्सर चलचित्रमा मधेशी पात्रकै रुपमा अभिनय गरेका झा । झा आफुले आफ्नो पहिचान सहितको पात्रमा काम गर्न पाउदा खुशी छन् । आफ्नो ओरिजिनल गेटअप र लवजमात्र होइन आफ्नो पात्रका माध्यमबाट मधेशको संस्कार र संस्कृतिलाई पनि कही कतै प्रस्तुत गर्न सकेकोमा उनलाई खुशी नै छ ।

आफुले जति त्यही परिबेशको पात्रलाई न्याय गर्न सक्छु त्यति अर्को परिवेशको पात्रलाई सक्दिनकी भन्ने डर पनि छ । अर्को तिर सुहाउँदैन कि भन्ने पनि लाग्छ । त्यसो त उनलाई अहिले सम्म जति पनि चलचित्रबाट अफर आयो ति सबै चलचित्रमा मधेशी मुलको पात्रकै अफर थियो । तर, उनले ति सबै पात्र भने निभाएनन् । चलचित्र हो ठ्याक्कै रियल लाइफ जस्तो त हुँदैन तर, कहि कतै मधेशी समुदायलाई होच्याएको जस्तो फिल हुँदा उनले केही चलचित्र नै छोडेका पनि छन् ।

पौष ९ अर्थात आगामी शुक्रबारबाट प्रदर्शन हुने चलचित्र चुरिफुरीमा पनि उनी मधेशी पात्रकै रुपमा देखिएका छन् । हुन त उनी कन्सल्टेन्सी व्यवसायिको भूमिकामा छन् । यद्यपी त्यो पात्र नै मधेशी बनाइएको छ । त्यसो त अन्य अर्थ नलगाउने हो भने  धेरैले उही चनाचटपट व्यवसायिलगायतका भूमिकामा मधेशी पात्रलाई देखाए । तर, यसपटक जुन भूमिका उनले पाए छु त्यो आफैमा अर्थपूर्ण रहेको उनको कथन छ । भविष्यको खोजिमा बिदेश पढ्न जाने बिद्याथीहरुको उज्ज्वल भविष्यको सारथी बन्ने एजुकेशनल कन्सल्टेन्सीको प्रमुखको भूमिका मधेशी पात्रलाई दिनु उनीहरु शशक्त हुँदै आइरहेका छन् भन्ने सन्देश पनि भएको उनी बताउँछन् । यद्यपी चलचित्र भएकोले निकै रमाइलो ढंगले त्यसलाई प्रस्तुत गरिएको छ । जुन कुरा रियल कन्सल्टेन्सी सञ्चालकले गर्दैनन् होला ।

त्यसो त झा चलचित्रमा आफ्नो पात्र मात्र नभएर समग्र चलचित्र नै राम्रो बनेको जिकिर गर्छन । उनी चलचित्रले दर्शकको मन जित्ने बिश्वास राख्छन् । उनी यसको विषय वस्तु र प्रस्तुति शशक्त रहेको भन्दै दर्शक निराश नहुने बताउँछन् ।

ऋषीराज आचार्य निर्देशित चलचित्रले वैदेशिक रोजगारी र जग्गा किनबेचमा हुने ठगीको विषयलाई उठान गरेको छ ।

चलचित्रमा रबिन्द्र झाका अलवा अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्रचार्य, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, लक्ष्मी ढकाल, दीपक आचार्य, सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।