Mansara

‘चुरिफुरी’ निर्देशकको दाबी – गहन विषयमाथी बलियो प्रस्तुति

२०७८ मंसिर २९
‘चुरिफुरी’ निर्देशकको दाबी – गहन विषयमाथी बलियो प्रस्तुति

चलचित्र ‘चुरिफुरी’ आगामी पुष ९ गतेबाट प्रदर्शन हुदै छ । ऋषिराज आचार्य निर्देशित चलचित्र कमेडी जनरको हो । यद्यपी निर्देशक चलचित्रको बिषय बस्तु कमेडी नभएर सामाजिक भएको बताउछन् ।

सामाजिक कथाको चलचित्र भएपनि यसको प्रस्तुतिमा कमेडी शैली अपनाइएको छ, जुन कुरा चलचित्रको ट्रेलरले पनि देखाउछ । सानो पर्दाबाट स्थापित हाँस्य कलाकारहरुको जम्बो टोली नै चलचित्रमा छ । जसका कारण पनि चलचित्र कमेडी भएको सहजै अनुमान गर्न सकिन्छ । वैदेशिक रोजगारी र जग्गा किनबेचमा हुने ठगीको विषयलाई चलचित्रको कथा बनाएको निर्देशक आचार्य बताउँछन् ।

दाङमा जन्मे हुर्केका ऋषीले काठमाडौं आएपछि चलचित्रको अध्ययन गरे । केही चलचित्रमा सहायक निर्देशक भई अनुभव बटुले अनि निर्देशनमा उत्रिए । उनले थुप्रै हिट टिभी सिरियलहरु बनाएका छन् । अभिनयको प्रशिक्षण पनि गराउछँन । चलचित्रको कुरा गर्दा भने चुरीफुरी उनी निर्देशित पाँचौं चलचित्र हो । सन् २०१४ को चलचित्र मिस्टेकबाट चलचित्र निर्देशन यात्रा शुरु गरेका ऋषी निर्देशित सपना तिम्रो मेरो, सुन्तलिलाई भगाई लग्यो झिल्केले र ड्रिम गर्ल यसअघिका चलचित्रहरु हुन् । पहिलो चलचित्रबाट सम्भावना बोकेको निर्देशकका रुपमा छबी बनाएका ऋषीले तेस्रो चलचित्र सुन्तलिलाई भगाई लग्यो झिल्केलेमा आफुलाई प्रमाणित गरे । चलिरहेका चलचित्रको भन्दा नितान्त मौलिक कथामा चलचित्र बनाएका उनको चर्चा पनि यो चलचित्रबाट चुलियो । केही अवार्डहरु पनि हात पारे । त्यसो त त्यसपछि पनि उनले ड्रिम गर्लबाट राम्रै तारिफ पाएका थिए । यसपटक दर्शकले चलचित्रलाई कत्तिको रुचाउलान त्यो चलचित्र रिलिज पछि थाहा होला तर, सामाजिक सञ्जालहरुमा देखिएका प्रतिक्रियाहरु भने निर्माण टिमलाई हौसाउने खालका छन् । निर्देशक आचार्य पनि चलचित्रको ट्रेलर र गीतसंगीत प्रति दर्शकहरुबाट प्राप्त प्रतिक्रियाले उत्साहित देखिन्छन् । त्यसैले त होला उनी भन्ने गर्छन – ‘मेरो चलचित्रको कन्टेन बलियो छ । दर्शकले मन पराउनु हुन्छ ।’ त्यसो त कन्टेन बलियो हुँदैमा चलचित्र राम्रो हुन्छ भन्न पनि सकिदैन । यद्यपी ऋषीले हिजो गरेका कामका आधारमा बलियो कन्टेनमाथी बलियै प्रस्तुति छ भनेर आशा भने प्रशस्त गर्न सकिन्छ । ऋषी भने चलचित्रले दर्शकलाई निराश हुन नदिने कुरामा पुरै बिस्वस्त देखिए ।

विगतमा पनि केही चलचित्रले निकै गहन विषय उठान गरेका थिए । तर, विषय वस्तुको सतही उठान र प्रस्तुति फितलो हुँदा त्यस्ता चलचित्रले दर्शकलाई खुशी बनाउन सकेनन् । ऋषीको भनाईलाई बिश्वास गर्ने हो भने उनी यो कुरामा निकै सजग देखिन्छन् । उनले चलचित्रमा उठाएको वैदेशिक रोजगारी र जग्गा किनबेचमा हुने ठगीको विषयलाई नजिकबाट नियालेका छन् । ऋषीको परिवारका एक सदस्य अध्ययनको शिलशिलामा अमेरिकामा रहेछन् । केही वर्ष अघि प्लस टु सकेपछि ति सदस्य विदेश जान खोज्दा ऋषीले धेरै कन्सल्टेन्सीहरुमा बुझ्ने मौका पाए । सबै त होइन तर, केही कन्सल्टेन्सीको व्यवहार उनलाई ठगको व्यवहार सरह नै लागेछ । त्यहीबाट उनले यो विषयमा चलचित्र बनाउने सोच बनाए । पछिल्लो पल्ट दाङका ऋषी काठमाडौंमा जग्गा जोड्ने शुरुमा थिए । जग्गा जोड्ने सोच बनाएका उनी दलालीको संगतमा पुगे । जव–जव उनी जग्गा दलालीको संगत गर्थे तव तव उनलाई त्यस्ता कुराहरु थाहा हुन्थे जुन निकै रोचक लाग्थे । कमिसनका लागि दलालले कति सम्म गर्छन भन्ने कुरा चाल पाएका उनले कहिले जग्गा किन्ने त कहिले बेच्ने मान्छे भएर दलालको संगत निकै समय गरेको बताउँछन् । यसरी विषय वस्तुको गहन अध्ययन गरेपछि उनले चलचित्रको स्कृप्ट लेख्न थाले । सामाजिक विषयकै चलचित्र भएपनि लेख्दै जाँदा सिच्युयनल कमेडी भएको उनी बताउँछन् । चलचित्र हेरेपछि दर्शकले आफ्नै कथा महशुस गर्ने उनको भनाई छ । यो त कथा र विषयको कुरा भयो । प्रस्तुतिका हिसावले पनि चलचित्र अब्बल भएको ऋषी बताउँछन् । उनी पटक पटक चलचित्र बिषय वस्तुका आधारमा मात्र होइन प्रस्तुतिमा पनि अब्बल रहेको कुरामा बिश्वस्त थिए ।

चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्रचार्य, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, लक्ष्मी ढकाल, दीपक आचार्य, रविन्द्र झा, सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।

Mahajatra