Bishnu Subedi   Film Journalist

News

‘सगरमाथा म्यूजिक अवार्ड २०७८’ सम्पन्न, ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड

लेन्सनेपाल २०७८ कार्तिक ३०
‘सगरमाथा म्यूजिक अवार्ड २०७८’ सम्पन्न, ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड

‘सगरमाथा म्यूजिक अवार्ड २०७८’ सम्पन्न भएको छ । शुक्रबार राजधानीमा सम्पन्न अवार्ड समारोहमा बिभिन्न श्रष्टा, सर्जक तथा पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

समारोहमा गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरियो भने ५ जना पत्रकारलाई सम्मान अर्पण गरिएको छ । पत्रकार बिदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान अर्पण गरियो भने बिष्णु सुबेदी, कृष्ण भुषाल, सुमन बैरागी र शिवराम भण्डारीलाई सगरमाथा कला पत्रकारिता सम्मान अर्पण गरिएको छ ।


यस्तै गीतकार डब्बु क्षेत्रीलाई सगरमाथा गीतकार सम्मान र निशु झालाई इभेण्ट डिरेक्टरमा रुपमा सम्मानित गरिएको छ ।

आधुनिक, पप, लोक तथा फिल्म गीतका गरेर बिभिन्न विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा सम्मानित र अवार्ड प्राप्त गर्नेहरुको बिस्तृत विवरणका लागि तलको लिंक क्लिक गर्नुहोला ।

Sagarmatha Music Award 2078 - Winner Details