Ankit Sharma
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘रातो टिका निधारमा’ – पहिला कथा अनि नाम
गीतको बोलबाट चलचित्रको नाम किन राखिन्छ होला ? पक्कै पनि त्यो गीतको लोकप्रियता क्यास गर्नकै लागि राख्ने गरिन्छ । यदाकदा भने चलचित्रको कथा नै गीतको बोलसँग मिल्न पनि गइदिन्छ । निर्देशक अशोक शर्मापनि आफ्नो चलचित्रको कथाले नै चलचित्रको नाम रातो टिका निधारमा मागेको बताउँछन् ।
सन् १९९७ को चलचित्र ‘अल्लारे’को सुपरहिट गीत हो ‘रातो टिका निधारमा’ । यही नामको चलचित्र शुक्रबारबाट प्रदर्शन हुँदैछ । पहिला चलचित्रको कथा लेखिएको थियो अनि बल्ल नाम जुराइयो । निर्देशक शर्माले भने – ‘रातो टिका निधारमा’ नै राख्छु भनेर कथा लेखिएको थिएन ।
चलचित्रको कथा के हो त केही खुलाइएको छैन । ट्रेलरका आधारमा बैदेशिक रोजगारीको कथा जस्तो लाग्छ, गीतका आधारमा लभस्टोरी चलचित्र जस्तो पनि लाग्छ । निर्देशक शर्मा चलचित्रमा यत्तिमात्र विषय नभएको बताउँछन् । त्यसो भए चलचित्रको मुख्य कथा के हो त ? शर्माले यो कुरा भने खोल्न चाहेनन् ।
यही चलचित्रबाट अंकित शर्माले अभिनयमा डेव्यु गरेका छन् । अंकित शर्माका छोरा हुन् । मलेसियाबाट चलचित्रको औपचारिक अध्ययन गरेर आएका अंकितले शुरुमा मेकिङतिर जाने सोच पनि बनाएका थिए । त्यसैले उनले गतवर्ष प्रदर्शन भएको चलचित्र जय भोलेको मेकिङमा पनि काम गरे । तर, निर्देशक बन्नका लागि धेरै अनुभव चाहिन्छ भन्ने बुझेपछि उनले अभिनयबाट करिअर शुरू गर्ने निधो गरे । सँगै रहेका निर्देशक शर्माले थपे – अंकितले अभिनय गर्ने भनेपनि सोही अनुरुपको स्कृप्ट लेखियो । त्यसो भए स्कृप्टमा के छ त खास ? शर्माले भने - ‘जे छ स्कृप्टमै छ । चलचित्रको हिरो कुनै पात्र होइन स्कृप्ट नै हो ।’
‘रातो टिका निधारमा’ भन्दा अघि रिलिज भएको लभ सङमा अंकित केही असहज देखिएका छन् । सामाजिक सञ्जालहरुमा प्राप्त प्रतिक्रिया पनि लभ संङमा भन्दा टाइटल संङ राम्रो छ । अंकितले पनि यही प्रतिक्रिया पाएमा छन् । त्यसो त ट्रेलरबाट समेत आफुले पाएको प्रतिक्रिया उत्साहजनक रहेको उनको भनाई छ ।
यता अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफुले परक पात्रमा अभिनय गर्न पाएको भन्दै खुशी व्यक्त गरिन । अक्सर एकैखालका चलचित्रको अफर आउने गरेको भन्दै उनले यो चलचित्रको पात्र आफ्ना लागि नितान्त भिन्न र चुनौतिपूर्ण रहेको बताइन । गत वर्ष राम्राज्ञीले गाउँले भूमिकामा अभिनय गर्दिन भनि भनेर आफुले सोच्दै नसोचेको कुरा मिडियामा आएको भन्दै उनले भनिन – ‘रातो टीका निधारमा उनीहरूका लागि राम्रो जवाफ हो।’
Know more about Rato Tika Nidharma's Full Cast
Know more about Rato Tika Nidharma's Full Crew
For more News about Rato Tika Nidharma
Do Watch Rato Tika Nidharma's Songs
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

















