‘ज्याकीः आईएम ट्वान्टी वान’को गीत ‘योद्धा’ सार्वजनिक

चलचित्र ‘ज्याकीः आईएम ट्वान्टी वान’को ‘योद्धा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ ।
प्रेममा बियोगको क्रोध र संवेदना नृत्य मार्फत प्रस्तुत गरिएको गीतमा अभिनेता धीरज मगर र अभिनेत्री जसिता गुरुङ फिचर्ड छन् । गीतमा चर्चित र्यापर युनिक पोएटले र्याप प्रस्तुत गरेका छन् ।
रेनशा वान्तवा राईको निर्देशन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी र सोमनाथ खनाल र निर्देशक राईको सम्बाद रहेको छ ।
प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको चलचित्र आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको हो । बैशाख २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, सुशान्त गौतमलगायतको पनि अभिनय रहेको छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi