‘यो माया कस्तो माया’को गीत सार्वजनिक
चलचित्र ‘यो माया कस्तो माया’को गीत सार्वजनिक गरिएको छ । किशान पोखरेलको निर्देशनमा तयार भएको चलचित्रको ‘हुन्न है’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, शिवानी मोक्तान र उद्धिपध्वज थापाको स्वर, अम्बीका शर्माको शब्द र कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा दिवस धिताल र रितु पौडेललाई फिचर्ड गरिएको छ ।
चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । यद्यपी असोज सम्ममा रिलिज हुने निर्देशक पोखरेले बताएका छन् । प्रेमकथामा आधारीत चलचित्रमा दिव्य सुवेदीको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । यस अघि भुषण आनन्द ठकुरी निर्देशक रहेको भएपछि उनले बिचैमा प्रोजेक्ट छोडेकोले निर्देशनको जिम्मेवारी आफूले सम्हालेको पोखरेलले जनाएका छन् ।
चलचित्रमा कर्ण थापा किरण र बाबु गौतम कार्यकारी निर्माता र इन्द्र रजक, समृद्धि श्रेष्ठ, बिशाल गुरुङ, कमल चन्द्र पोखरेल र गोबिन्द बर्देवा निर्माता हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
