‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर सार्वजनिक
चलचित्र एउटा यस्तो प्रेम कहानीको ट्रेलर सार्वजनिक गरिएको छ । माघ १ अर्थात बिहिबारबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा एक्सन र प्रेममय देखिन्छ ।
नौं महिना बन्द भएका चलचित्र हल खुलेलगत्तै प्रदर्शनमा आउन लागेको चलचित्रलाई लिएर यतिबेला चर्चा र चासो उत्तिकै छ । ट्रेलरले यसको चर्चा र चासोलाई अझ बढाउने आशा गरिएको छ ।
शिब श्रेष्ठको प्रस्तुती रहेको चलत्रि मल्टीस्टारर हो । चलचित्रमा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ ।
कोभिड १९ को प्रभाव न्यूनिकरणका लागि सरकारले गरेको हलबन्द खुलेपछि रिलिज हुने पहिलो नेपाली चलचित्र हो एउटा यस्तो प्रेम कहानी । यसअर्थ दर्शकहरुको उल्लेख्य साथ मिल्नेमा निर्माण टिम आशाबादी छ । दिपेस सापकोटाको निर्देशन रहेको चलचित्रले द्वन्द्वबाट उब्जीएको प्रेमको कथा भन्नेछ ।
फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर चलचित्रका सहनिर्माताहरु हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
