‘रावायण’मा एयरलाइन्स पार्टनरका रुपमा जोडियो यति एयरलाइन्स
‘रावायण’को छायांकन नसकिदै विभिन्न ब्रान्डहरु चलचित्रसँग जोडिन सुरु भएको छ । स्टार कास्ट र निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्ट भएको कारण पनि धेरै ब्रान्ड चलचित्रसँग जोडिन चाहिरहेका छन ।
यही क्रममा ‘यति एयरलाइन्स’ एयरलाइन्स पार्टनरका रुपमा चलचित्रमा जोडिएको छ । यति एयरलाइन्सका प्रतिनिधिसँग निर्माता तथा नायिका पूजा शर्माले सहकार्यको सम्झौता गरेकी छिन् । छायांकनरत् चलचित्रमा पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरी, प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, समीर मियाँको भीएफएक्स, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माणाधिन चलचित्रका निर्माता सुदर्शन थापा र पूजा शर्मा हुन् । चलचित्र यसै वर्षको भदौ २१ गते तिजको दिन रिलिज हुँदैछ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
