‘यात्रा : अ म्युजिकल भ्लग’ को टिजर सार्वजनिक
सम्राट शाक्यको डेब्यु निर्देशन रहेको चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ को टिजर सार्वजनिक गरिएको छ । चैत्र २९ गतेबाट प्रदर्शन हुने चलचित्रको टिजरमा क्यारेटरको लुक्ससँगै कथालाई पनि केहि हदसम्म प्रस्ट्याउने प्रयास गरिएको छ ।
चलचित्रमा सलिन मान बनियासँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैचलचित्र मार्फत मालिका महतले डेब्यु गर्दैछिन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । चलचित्रलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।
सम्राट शाक्यको कथा तथा निर्देशन रहने चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइ थुप्रै सफल चलचित्रमा काम गरेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ चलचित्र प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् भने चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा कथापनि सम्राटकै रहेको छ ।
चलचित्रमा संजय लामाको छायाँकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
