‘यात्रा’को गीत ‘चट्ट रुमाल’ सार्वजनिक, सलिन र सलोनको छमछमी

चलचित्र यात्राको गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीको बिग मुभिजमा आयोजित कार्यक्रमका बिच ‘चट्ट रुमाल’ बोलको गीत सार्वजनिक गरिएको हो । १८ वर्ष अघि प्रदर्शन भएको चलचित्र ‘आफ्नो मान्छे’को यो गीतलाई रिमेक गरेर ‘यात्रा’मा समावेश गरिएको हो ।
राजन इशानले रि–ऐरेन्ज गरेको रिमेक भर्सनमा ध्रमेन्द सेवान र मेलिना राईको स्वर रहेको छ । भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन । शम्भुजित बासकोटाको संगीत र बाबुराम दाहालको शव्द रहेको गीतको ओरिजिनल भर्सनमा शम्भुजित र साधना सरगमको स्वर रहेको थियो ।
गीतमा सलिनमान बनिया, सलोन बस्नेत, मल्लिका महत, जान्बी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य र विशाल सापकोटाले नृत्य गरेका छन् । ओरिजिनल भर्सनमा भने श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहको नृत्य र राजु शाहको कोरियोग्राफी रहेको थियो ।
गीत सार्वजनिक कार्यक्रममा ‘चट्ट रुमाल’ बोलको गीतसँग सम्बन्धित सष्टासर्जकहरुलाई सम्मान समेत गरिएको छ । चलचित्र ‘आफ्नो मान्छे’मा समावेश गीतका लागि संगीतकार शम्भुजित बासकोटा, गीतकार बाबुराम दाहाल, नायक श्रीकृष्ण श्रेष्ठ, कोरियोग्राफर राजु शाह र निर्देशक शिब रेग्मीलाई सम्मान गरिएको हो ।
कोटकी कालिका देवीफिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा केशब भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता, सुशील पोखरेल निर्माता, सर्जुमान लिगल कार्यकारी निर्माता र बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह निर्माताका रुपमा रहेका छन् । चलचित्रमा संजय लामाको छायाँकन, हिमाल केसीको द्वन्द्व र बनिश शाहको सम्पादन रहेको छ । चैत्र २९ गतेबाट प्रदर्शन हुने चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal