Mansara

यात्राको गीत ‘पाँच पन्छी’ सार्वजनिक

२०७५ माघ २८
यात्राको गीत ‘पाँच पन्छी’ सार्वजनिक

चैत्र २९ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पाँच पन्छी’ बोलको गीतमा कलाकार सलिनमान बनियाँ, मल्लिका महत, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, रेयर राई लयायतलाई फिचर्ड गरिएको छ । प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई, धर्मेन्द सेवान, प्रेक्षा बज्राचार्य, उपकार पाण्डेको स्वर छ भने प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।

पात्रको यात्रका क्रममा आउको गीतमा काडमाडौं देखि सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ । जहाँ कलाकारहरु मस्ति मुडमा देखिएका छन् । चलचित्रमा मुख्य कलाकार सलिनमान भल्गरका रुपमा देखिएका छन् । सम्राट शाक्य निर्देशित यो चलचित्रलाई जर्नि लभस्टोरी भनिएको छ । यात्राको क्रममा आउने उतार चढावको कथामा आधारिच चलचित्रमा निर्देशक शाक्यकै कथा रहेको छ ।

चलचित्रमा सलोन बस्नेत, जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, योगेश जंग कुँवर, राजेश बिसुराल, बिशाल पहाडी, देशभक्त खनाल, कमल मैनालीलगायतका कलाकारको पनि अभिनय रहेको छ । यसका साथै विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । 

कोटकी कालिका देवी फिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् । चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सहनिर्माताको रुपमा रहेका छन् सुशील पोखरेल निर्माता र सर्जुमान लिगल कार्यकारी निर्माता हुन । चलचित्रमा सञ्जय लामाको छायाँकन, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व,  शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत र बनिश शाहको सम्पादन रहेको छ ।

Mahajatra